राजनीति


रास्वपा बैठकको निष्कर्ष- गृहमन्त्री नैतिकता र कर्तव्यपालनमा चुके, मार्गप्रशस्त गर्नैपर्छ

रास्वपा बैठकको निष्कर्ष- गृहमन्त्री नैतिकता र कर्तव्यपालनमा चुके, मार्गप्रशस्त गर्नैपर्छ

फाइल तस्बिर


नेपालखबर
जेठ १९, २०८२ सोमबार २१:८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान प्रस्तुत गरेको छ।

सोमबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक नैतिकता र कर्तव्यपालनमा चुकेको निष्कर्ष निकाल्दै अडान लिने निर्णय गरेको हो।

‘भिजिट भिसा सेटिङबाट ४ अर्बभन्दा बढी रकम घुसकाण्डमा गृहमन्त्रीको सचिवालयको संलग्नता देखिएका तथ्यहरू सार्वजनिक भइरहेको तथा गृहमन्त्रीकै संलग्नताको बाछिटाहरू समेत देखिएकोले सत्ताधारी दल आफैं फैसला गर्ने निकाय जसरी गम्भीर आरोप लागेका दोषी जोगाउने र जनताको आँखामा धुलो फ्याँक्ने प्रयास भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा काण्डमा अनुसन्धान थालेपश्चात् मुख्य अभियुक्तलाई अनुसन्धानको घेराबाहिर राख्ने प्रयत्नस्वरूप गृहमन्त्रीले अध्यागमन प्रमुखको सरुवा गर्ने, अनुसन्धानमा खटिएका अख्तियारका डीआईजीको सरुवा गर्ने, प्रमाण नष्ट गर्ने नियतले संयन्त्र परिचालन गर्ने लगायतका घटना भएको देखिएकोले गृहमन्त्रीले तत्काल राजीनामा दिएर गृह मन्त्रालय मातहतको निकायलाई निष्पक्ष अनुसन्धानमा सघाउनुपर्ने पार्टीको धारणा रहेको छ,’ विज्ञप्तिमा अगाडि लेखिएको छ, ‘आफैँले स्थापित गरेको नैतिकताको मापदण्डमा चुकेको र कर्तव्यपालनमा लापरवाही देखिँदै गर्दा निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्नसमेत गृहमन्त्रीको राजीनामा मागिनुपर्ने निष्कर्ष पार्टी सचिवालयको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad