राजनीति


कमलादीमा तत्कालीन राजपरिवारको सम्झनामा दीप प्रज्ज्वलन

कमलादीमा तत्कालीन राजपरिवारको सम्झनामा दीप प्रज्ज्वलन

नेपालखबर
जेठ १९, २०८२ सोमबार १९:३१, काठमाडौँ

दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारलाई श्रद्धाञ्जली तथा दीप प्रज्ज्वलन कार्यक्रम गरिएको छ। हिमानी ट्रस्टको आयोजनामा भएको उक्त कार्यक्रममा हिमानी शाह, हृदयन्द्र शाह कमलादीस्थित गणेस्थान पुगेका छन्।

उनीहरूसँगै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित राजावादी नेता कार्यकर्ताहरू पनि कमलादी पुगेका छन्।  

दीप प्रज्ज्वलन कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजा रानीको तस्बिरमा माल्यार्पण गरेका थिए। उनीपछि राप्रपा अध्यक्ष लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले गरे। 

त्यसपछि मात्रै हिमानी  र हृदयन्द्र कमला आइपुगेका थिए। उनीहरूले पनि तस्बिरमा माल्यार्पण गरेपछि दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएका थिए। 

यसअघि नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको दीप प्रज्ज्वलन कार्यक्रम  गणेस्थान सारिएको हो। काठमाडौँ प्रशासनले नारायणहिटी आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad