नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गणतन्त्रवादी विचारको झोला बोक्न कुनै संकोच मान्न नहुने बताएका छन्।
प्रधानमन्त्रीसमेत रहेका आफ्ना अध्यक्ष केपी शर्मा ओलीले चलाएको ‘म झोले हो’ अभियानलाई साथ दिँदै उनले सामन्तको झोला पो बोक्न नहुने टिप्पणी गरेका हुन्।
उनले सोमबार साँझ सामाजिक सञ्जालमा ‘म झोले हो’ अंकित आफ्नो तस्बिर राखेर ज्ञवालीले लेखेका छन्, ‘भनिन्छ-जहाँ तर्क सकिन्छ, त्यहीँबाट गालीगलौज सुरु हुन्छ। अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पंक्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ। वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिस्पर्धात्मक लोकतन्त्रका पक्षधरहरूलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरू चाहन्छन्- राजनीतिक कार्यकर्ताहरू, कुनै नेतालाई मन पराउने कलाकारहरू या नागरिकहरू ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून्। यो दूषित मनसायलाई हुर्किन दिनुहुन्न। सामन्तको पो झोला बोक्न हुन्न, विचारको झोला बोक्न केको संकोच!’
Shares

प्रतिक्रिया