राजनीति


लकडाउन वैशाख ३ गतेसम्मलाई थपियो

लकडाउन वैशाख ३ गतेसम्मलाई थपियो

नेपालखबर
चैत २४, २०७६ सोमबार १०:२८,

सरकारले जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ।

सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो।

सरकारले योसँगै देस्रोपटक लकडाउनको मिति थप गरेको हो।

पछिल्लो समय सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा एकसाथ तीन जनामा यो भाइरसको संक्रमण देखिएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले बताए। ‘मन्त्रिपरिषदको बैठकले वैशाख ३ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको छ’, बैठकपछि नेपालखबरसँग कुरा गर्दै एक मन्त्रीले भने।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत ११ गते पहिलोपटक एक हप्ताका लागि लकडाउन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad