मंगलबारदेखि एक महिनासम्म लागू हुनेगरी जापानले संकटकाल घोषणा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ।
देशमा संकटकाल घोषणा भएपनि आवश्यक आर्थिक गतिविधि’ सन्चालन हुने जनाइएको छ। सुपरमार्केट खुल्नेछन्।
संकटकाल घोषण भएपछि टोकियो, कानगावा, सैतमा, चिबा, ओसाका, ह्योगो र फुकुओका बढी प्रभावित हुने सरकारी अधिकारीले बताएका छन्।
संकटकालले निम्त्यिाउने आर्थिक मन्दिसँग जुध्न सरकारले ९ सय ८९ अर्ब अमेरिकी डलरको राहत प्याकेज पनि घोषणा हुने उल्लेख गरिएको छ।
हालसम्म जापानमा ३ हजार ६५४ कोरोना संक्रमित पुष्टि भएका छन्। त्यहाँ ८५ जनाको मृत्यु भइसकेको छ।
3
Shares

प्रतिक्रिया