राजनीति


आकस्मिक बैठकपछि राप्रपाले भन्यो– नेताहरुलाई नियन्त्रणमा लिनु अलोकतान्त्रिक र विचारलाई निषेध गर्ने प्रयास

आकस्मिक बैठकपछि राप्रपाले भन्यो– नेताहरुलाई नियन्त्रणमा लिनु अलोकतान्त्रिक र विचारलाई निषेध गर्ने प्रयास

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:२७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा नेताहरुलाई नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ। आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि बसेका राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले सरकारको कदमलाई अलोकतान्त्रिक समेत भनेको छ। 

‘प्रदर्शनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा र अन्य ७ जनालाई प्रशासनले नियन्त्रणमा लिएको, गिरफ्तार हुनु भएकाहरुलाई भेट्न जाने क्रममा प्रतिनिधिसभाका सांसद मा।दिपक बहादुर सिंहलाई प्रहरी परिसरभित्रै नियन्त्रणमा लिइएको घटना संविधानको व्यवस्था विपरीत, अलोकतान्त्रिक, सर्वसत्तावादी र विचारलाई निषेध गर्ने प्रयास हो भन्ने पार्टीको प्रष्ट धारणा रहेको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

राप्रपाले पक्राउ परेका नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै त्यसो नगरिए थप आन्दोलनको घोषणा गर्ने चेतावनी समेत दिएको छ। ‘राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा कार्यसम्पादन समितिका सदस्य सांसद सिंह र गिरफ्तारमा पर्नुभएका सबैको अविलम्ब र बिनाशर्त रिहाइ गर्न राप्रपा सरकारसंग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार हुनुभएका नेता, कार्यकर्ताहरुको रिहाइ नगरिए राप्रपाले आन्दोलनको थप कार्यक्रम घोषणा गर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad