राजनीति


कमल थापा लगायतका नेतालाई तत्काल रिहा गर्न राप्रपा नेपालको माग

कमल थापा लगायतका नेतालाई तत्काल रिहा गर्न राप्रपा नेपालको माग

फाइल तस्बिर


नेपालखबर
जेठ १८, २०८२ आइतबार १९:३८, काठमाडौँ

राप्रपा नेपालले अध्यक्ष कमल थापा लगायतका नेताहरुलाई बिनासर्त रिहा गर्न माग गरेको छ। राप्रपा प्रवक्ता राजाराम बर्तौलाले विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई अलोकतान्त्रिक र तानाशाही भनेका छन्। 

‘राजनीतिक आस्थाका आधारमा गिरफ्तार गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा र शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिनाको तत्काल बिनासर्त रिहा गर्न राप्रपा नेपाल आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

पक्राउ परेका नेताहरुलाई रिहा नगरिए भोलिबाट आन्दोलनलाई शसक्त बनाउने र त्न्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ। ‘आजको प्रहरी दमनमा परि घाईते हुनु भएका दर्जनौ प्रदर्शनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रक्राउ परेकाहरुलाई रिहा नगरे भोलीबाट आन्दोलनलाई थप शसक्त बनाईनेछ र यसबाट हुन जाने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ।’

त्यस्तै आजको घटनामा नेताहरुमाथि दुर्व्यहार गरिएको भन्दै ती प्रहरीमाथि छानबिन गर्न समेत राप्रपा नेपालले माग गरेको छ। ‘आजको घटनामा दुर्व्यहार गर्ने प्रहरीहरु माथि निष्पक्ष छानबिनगरी आवश्यक कारवाहीको समेत माग गर्दछौं,’  राप्रपा नेपालले भनेको छ, ‘देशव्यापी रुपमा उच्च मनोवलका साथ यस आन्दोलनमा सहभागी हुन र आन्दोलनलाई थप उचाईमा पुर्‍याउन राप्रपा नेपाल सवैमा अपिल गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad