हिमानी ट्रस्टले दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारको सम्झनामा नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनेको दीप प्रज्ज्वलन कार्यक्रमस्थल सरेको छ।
काठमाडौँ प्रशासनले नारायणहिटी आसपास निषेधित क्षेत्र तोकेसँगै सोमबार गर्ने दीप प्रज्ज्वलन कार्यक्रम कमलादीको गणेस्थान मन्दिरमा सारिएको हिमानी ट्रस्टका कार्यक्रम संयोजक अनुज कार्कीले नेपालखबरलाई जानकारी दिए।
‘भोलिको कार्यक्रम नारायणहिटी परिसरमा नहुने भएको छ। अब दीप प्रज्ज्वलन कमलादी गणेस्थान मन्दिरमा सारिएको छ,’ उनले भने, ‘कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ।’
दीप प्रज्ज्वलन कार्यक्रममा पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह र उनीहरूका छोरा हृदयेन्द्र शाहसहित काठमाडौँमा उपलब्ध पूर्वराजपरिवारका सदस्य सहभागी हुने कार्कीको भनाइ छ।
उक्त कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र दम्पती भने सहभागी हुने छैनन्। उनीहरू झापामा छन्।
Shares

प्रतिक्रिया