आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले सरकारले ल्याएको बजेट नेपाललाई उजाड र जनतालाई निराश बनाउने खालको भएको टिप्पणी गरेका छन्।
बिहीबार संसद्मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस भएपछि यसबारे संसद् भवन परिसरमा कुराकानी गर्दै उनले नेपालको पूँजी खुलेआम बिदेश लान पाउने ब्यवस्था गरिएको दाबी गरे।
त्यस्तै प्राकृतिक सम्पदाको अब खुलेआम दोहन गर्ने पाउने, बिचौलियालाई गुण तिर्ने खालको बजेट आएको समेत उनले आरोप लगाए।
यस्तो छ, बजेटबारे ८ बुँदामा साहको टिप्पणीः
१.यो बजेट नेपाललाई उजाड एवं जनतालाई निराश बनाउने खालको छ।
२. नेपालको पूँजी खुलेआम बिदेश लान पाउने ब्यवस्था गर्यो।
४.हिजो हदबन्दीको सम्पत्ति राज्यको हुन्थ्यो, आज फुकुवा भयो।
५. बिचौलियालाई गुण तिरेको देखिन्छ।
६. गरीब श्रमजीवीलाई बिर्सेको र बैदेशिक रोजगारमा रहेका युवालाई दुःखी बनाउने खालको छ।
७. हाल मुलुकमा देखिएको समस्यालाई सम्बोधन गर्ने कुनै कार्यक्रम देखिएन।
८. नेताहरूको भुडी भर्ने खालको छ। वितरण पुरै असमान छ।
51
Shares

प्रतिक्रिया