कारोबार


मनसुनजन्य विपद्‍बाट क्षति भएका सम्पदाको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

मनसुनजन्य विपद्‍बाट क्षति भएका सम्पदाको पुनर्निर्माणका लागि १८ अर्ब ५० करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १८:१०, काठमाडौँ

सरकारले विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन्।

उनकाअनुसार सरकारले विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास र सुरक्षित प्रविधिको अवलम्वनमा जोड दिइनेछ।

भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजनिक पूर्वाधार, पुरातात्विक एवं सांस्कृतिक सम्पदाको पुनर्निर्माण गरिने बताए। यसका लागि १८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad