भिजिट भिसा प्रकरण यतिबेला चर्चामा छ। किनभने यसमा देशका गृहमन्त्री नै संलग्न रहेको आरोप लागेको छ।
सडकदेखि सदनसम्म कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लखेकको राजीनामा माग्ने क्रम जारी छ।
उनले पदबाट राजीनामा दिनुपर्ने आवाज केन्द्रको संसद्मा मात्र होइन, प्रदेशसभामा समेत उठिरहेको छ।
यसै क्रममा अहिले सामाजिक सञ्जालमा कोसी प्रदेशसभामा एक सांसदले भिजिट भिसामा हजुर भिजिट भिसामा...बोलकै गीत नै गाएको भिडिओ फुटेज भाइरल भइरहेको छ।
बुधबार कोसी प्रदेश सभाको बैठकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले गृहमन्त्री लेखकको राजीनामा माग गर्नुअघि ‘भिजिट भिसामा’ बोलेको गीत गाएका हुन्।
‘अहिले हाम्रो नेपाल सरकारको चालामाला हेर्दा एउटा गीतको याद आउँछ’, भन्दै उनले गाए, ‘भिजिट भिसामा हजुर भिजिट भिसामा, भुइँ छोडेर उड्ने हजुर पश्चिम दिशामा।’
यसपछि उनले भने, ‘वास्तवमा माननीय गृहमन्त्री रमेश लेखकले विशेष जोड र विशेष इन्ट्रेस्ट गरेर एयरपोर्टको अध्यागनमा प्रमुख बनाएर पठाएको तीर्थराज भट्टराई सहसचिव नेतृत्वमा वैदेशिक रोजगारीमा जान चाहने बेरोजगार युवाहरूबाट प्रतियुवा लाखौँ रकम असुलेर लुट धन्दा मच्चाएर विदेश पठाइएको देखिएको छ। ...मुख्य डिजाइनर मुख्य संरक्षक गृहमन्त्री रमेश लेखक नै रहेको कहीँ कतै लुकेको छैन। उहाँले गृहमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत गुमाइसक्नुभएको छ।’
भिडिओ-
Shares

प्रतिक्रिया