राजनीति


युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १९:३८, पोखरा

नेकपा एमालेको भ्रातृ संगठन युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। निवर्तमान अध्यक्षसमेत रहेका उनी पुन: युवा संघको अध्यक्षमा निर्वाचित भएका हुन्। 

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनप्रक्रियामा जान नदिई थेबेलाई अध्यक्ष बनाएका थिए। यसपटक भने उनी निर्वाचन प्रक्रियाबाट निर्वाचित भए। 

पोखरामा जारी अधिवेशनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गरे।  निर्वाचनमा १४०४ मत खसेको थियो। थेबेले १८८ मतले सुमन पुरीलाई पछाडि पारे। निर्वाचनमा थेबेको प्यानल नै निर्वाचित भएका छन्। यद्यपि, निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ। 

निर्वाचित हुने थेबेलाई एमाले उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णु पौडेलको साथ थियो भने पुरीलाई महासचिव शंकर पोखरेलको साथ थियो। 

महाधिवेशनबाट उपाध्यक्षमा महारज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं र उपमहासचिव उपेन्द्र शाही चयन भएका छन्। 

यस्तै सचिवमा निशा लिम्बू, मोविन अख्तर अलाम, मदन भण्डारी र देवु बस्नेत निर्वाचित भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad