राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी रहेको कार्यबाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
बैठकमा सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतले पनि उच्च अदालत बुटवलको आदेशलाई सदर गर्दै थुनामुक्त नगरेपछि यसबारे पार्टीको आगामी रणनीति तय गरिने भनिएको छ।
त्यस्तै भिजिट भिसामा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकाको विषयमा पनि आज छलफल हुने झाको भनाइ छ।
आजको बैठकले पार्टीको कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डरबारे पनि छलफल गर्ने झा बताउँछन्। असार ७ गते पार्टीको तेस्रो स्थापना दिवस कसरी मनाउने भन्नेबारे बैठकले निर्णय गर्ने बताइएको छ।
51
Shares

प्रतिक्रिया