ad ad

राजनीति


६ पूर्व प्रधानमन्त्रीलाई देउवाको प्रस्तावः कोरोनाविरुद्ध एक जुट बनौं

६ पूर्व प्रधानमन्त्रीलाई देउवाको प्रस्तावः कोरोनाविरुद्ध एक जुट बनौं

नेपालखबर
चैत २३, २०७६ आइतबार ८:५८,

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न सवै पार्टी एकताबद्ध हुनुपर्ने बताएका छन्। 

आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोनमा वार्ता गरेको बताउँदै सभापति देउवाले संकटबाट नेपालाई जोगाउन एकताबद्ध भई गम्भीर ढंगलले कार्य गर्नुपर्ने अपिल गरेको ट्वीटमार्फत् बताएका छन्।

 देउवाले लेखेका छन् ‘लोकेन्द्रबहादुर चन्द, पुष्कमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज टेलिफोनमा संवाद गरेँ, आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एकताबद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .