राजनीति


गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो?

गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो?

नेपालखबर
जेठ १०, २०८२ शनिबार २०:५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्रालयका कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दै मन्त्रीले राजीनामा दिनुनपर्ने तर्क गरेका छन्।

शनिबार सिंहदरबारमा  पत्रकारहरुसँग बोल्दै उनले कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले राजीनामा दिने पद्धति बसाउने हो भन्दै प्रश्न समेत गरे।

‘गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन, लाखमा कर्मचारी छन्,’ लेखकले भने, ‘लाखौँ कर्मचारीमा अनुसन्धान गर्न सक्षम संवैधानिक निकायले कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ। अनि कुनै पनि कर्मचारीकामाथि अनुसन्धान सुरु हुँदैगर्दा सबै मन्त्रीले राजीनामा दिँदै जाने हो? त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? आजसम्म त्यस्तो भएको छ?'

गृहमन्त्री र उनकाे सचिवालयमाथि ‘भिजिट भिसा’मार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागिरहेको छ। गृहमन्त्री लेखकले यसबारे नियोजित प्रचारबाजी भइरहेको टिप्पणी समेत गरे। उनले भने, ‘नियोजित र सडयन्त्रमुलक ढंगबाट  झुटा प्रचारबाजी भइरहेको छ।’

आफूलाई कसैले दोषी प्रमाणित गरे या भएमा आफूले राजनीतिबाटै राजीनामा दिने उनको भनाइ छ। ‘भिजिट भिसाको बारेमा मात्रै होइन, मेरो सार्वजनिक, राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता भएको प्रमाणित गर्छ भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु,’ लेखकले भने।

उनले भिजिट भिसा प्रकरणबारे प्रतिनिधिसभामा जेठ १३ गते जवाफ दिने समेत बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad