राजनीति


प्रचण्डसहितका माओवादी नेताले सहिद परिवारको घरमा पुगेर भेटे आफन्त

प्रचण्डसहितका माओवादी नेताले सहिद परिवारको घरमा पुगेर भेटे आफन्त

नेपालखबर
जेठ १०, २०८२ शनिबार ५:४६, काठमाडौँ

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताले  जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन्।

मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा शुक्रबार बागलुङ पुगेका प्रचण्डसहितका नेताले सहिद डिल्लीप्रसाद शर्माको घरमा पुगेर भेटघाट गरेका हुन्।

त्यसक्रममा ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा माओवादी केन्द्रले जनसभाको आयोजना गरेको जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए।

प्रचण्डले ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरेका छन्। अभियानटोली शुक्रबार बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको हो। अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन्।

अभियानअन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जनसभा हुने माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसम्वाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान सुरु गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad