राजनीति


रविको निवेदनमा आज पनि सकिएन सुनुवाइ, हेर्दाहेर्दैमा

रविको निवेदनमा आज पनि सकिएन सुनुवाइ, हेर्दाहेर्दैमा

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १७:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको  निवेदनमा आज पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। 

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी आफूलाई थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने उनको माग छ। यस्तै जिल्ला अदालतले सोही मुद्दामा थुनामा पठाएका छविलाल जोशीको निवेदनमा पनि सँगै सुनुवाइ भइरहेको छ। 

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार र बिहीबार सुनुवाइ भएपनि बहस सकिएको छैन। अब शुक्रबार सुनुवाइ हुनेछ।

बिहीबार रवि र छविका वकिलको बहस सकिएपछि सरकारी वकिलले पनि बहस गरेका छन्। शुक्रबार जाहेरवालाका वकिलले बहस गर्नेछन्। त्यसपछि रविकाे तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले जवाफी बहस गर्नेछन्। 

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले थुनामै राख्न आदेश दिएपछि रवि चैत २२ गते पक्राउ परेका थिए।

हाल रवि रुपन्देही जिल्ला कारागारमा थुनिएका छन्। रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि सोही कारागारमा छन्।

एउटै मुद्दामा रुपन्देही जिल्ला अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए। 

जसमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते रविलाई पनि थुनामै राख्न आदेश दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad