संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो।
समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्णलाभ कार्यहरु तहगत सरकार एवं अन्तरमन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया