सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले क्याम्प २ सम्म सफल आरोहण गरेका छन्। सामाजिक सञ्जालमार्फत शर्माले आज क्याम्प १ पार गरेर क्याम्प २ मा पुगेको बताएका हुन्।
उनले सगरमाथा आरोहण यात्रामै आज जेठ ६ गते आमा सावित्रीको जन्म दिनको स्मरण गरेका छन्।
'आफ्नै अघिल्लो रेकर्ड लोबुचे हिमाल आरोहण (६१४५ मिटर) भन्दा केही माथि पुगेको छु। आज ६४०० मिटरको उचाइमा। बेसक्याम्पबाट आइतबार मध्यरातमा यात्रा सुरु गरेर, सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण मानिने 'खुम्बु आइसफल', सोमबार उज्यालो हुँदा पार गरेर क्याम्प १ एकरात बस्दै, आज क्याम्प २' उनले भने।
उनले सगरमाथामा आफ्ना बाबु, जन्म दिने आमा र आफूलाई स्तनपान गराउने आमा भन्दै आफ्नो छातिमा तस्बिर राखेका छन्।
387
Shares

प्रतिक्रिया