ad ad

राजनीति


एकै दिन तीन संक्रमित भेटिएपछि कांग्रेसको प्रश्न : अझै साइत कुर्ने कि परीक्षणलाई व्यापक बनाउने?

एकै दिन तीन संक्रमित भेटिएपछि कांग्रेसको प्रश्न : अझै साइत कुर्ने कि परीक्षणलाई व्यापक बनाउने?

नेपालखबर
चैत २२, २०७६ शनिबार १२:११,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थानीय महिलामा कोरोना भइरस (कोभिड १९) को संक्रमण देखिएको विषयलाई गम्भीर रुपमा लिन र परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ।

शनिबार एक स्थानीय महिलासँगै भारतबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएपछि कांग्रेसले एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना परीक्षणलाई व्यापक बनाउन आग्रह गरेको हो।

'यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए। तर, सातौँ संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौँ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनले सतर्कता नपुगेकै कारण स्थानीय महिलामा संक्रमण देखिएको भन्दै समयमै अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा राख्ने परीक्षणको दायरा नबढाएका कारण खतरा झन् बढ्दै गएको बताएका छन्।

कांग्रेसले संक्रमित भएकाका परिवार, छरछिमेकी र साथीहरुको तत्काल परीक्षण गर्न माग समेत गरेको छ। ‘सरकारलाई हाम्रो अपिल छ यसअघि संक्रमित देखिएका सबैका परिवारजन, छरछिमेकी र धुलमिल भएका साथी समूहको परीक्षण, तत्काल गरौँ’, विज्ञप्तिका भनिएको छ।

कांग्रेसले बाहिरबाट आएका सबैलाई कडाइकासाथ क्वारेन्टिनमा राख्न, परीक्षण र उपचारलाई युद्धस्तरमा अगाडि बढाउन माग गरेको छ।

Image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .