नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताएका हुन्।
तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनको आग्रह छ। विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान सुरु गर्न माग पनि उनले माग गरे।
‘हुम्ला जिल्लाको लिमी तिला गाउँको माथि हिमताल फुटेर त्यहाँको अवस्था असाध्यै कष्टकर छ।सम्पर्क गर्दा त्यहाँको गाउँलेहरु न यता जान सम्भव, न उता जान। त्यहाँको जनता रोइरहेको छ। कराइरहेको छ, गुहार मागिरहेको छ। नेपाल सरकारको तर्फबाट दुर्गम हुनुको कारणले पुग्न गाह्रो भइरहेको छ,' उनले भने, 'तत्काल आपत्कालीन बैठक बसेर, हेलिकप्टर, त्यहाँको भूगोल विज्ञ लिएर गएर अनुसन्धान गर्नुपर्छ। त्यहाँका बासिन्दालाई गास, बास र कपासको व्यवस्था गर्नुपर्यो । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान सुरु गर्नुपर्छ।’
तिल गाउँमा अहिले ३२ जना छन्।
Shares

प्रतिक्रिया