राजनीति


रवि र छविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु

रवि र छविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:३९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज मगलबार सुनुवाइ जारी छ। सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो। 

अहिले लामिछानेका कानुन व्यवसायीले बहस गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा लामिछाने अहिले रुपन्देही कारागारमा छन्। 

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्वडीआईजी छविलाल जोशी पनि सर्वोच्च पुगेका हुन्।  

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad