राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदको उपस्थिति संसद्मा कम रहेको विषयमा प्रश्न उठाएकी छन्। आज प्रतिनिधिसभा बैठकमा सांसद कार्कीले ठूलो पार्टी भइसकेपछि संसद्मा पनि ठूलै उपस्थिति रहन जरुरी रहेको बताइन्।
‘आज त नेपाली कांग्रेसका माननीयज्युहरु त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि। उहाँहरु कता जानुभयो? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो?,' उनले भने, 'तपाईंहरु एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ।’
संसदमा ८ जना भन्दा बढी कांग्रेसका सांसद नदेखिएको उनको आरोप छ।
222
Shares

प्रतिक्रिया