हुम्लाका सांसद छिरिङ डम्डुल लामाले हिम पहिरोपछि तिलगाउँको अवस्था नाजुक रहेको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्।
मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले हिप पहिरोबाट जोखिमग्रस्त बनेको क्षेत्रका बासिन्दा अहिले ट्रयापमा फसेको जानकारी दिए।
‘आज पनि फेरि सम्पर्क गर्दा त्यहाँको गाउँलेहरु न यता जाने सम्भव छ, न उता जाने सम्भव छ,’ लामाले भने, ‘न कतै पुर्याउने निकायसम्म छ। त्यहाँको जनता रोइरहेको छन्। कराइरहेको छन्। गुहार मागिरहेको छन्।’
उनले तत्काल आपतकालीन बैठक राखेर भूगोल विज्ञसहित त्यहाँको निरीक्षण गर्न समेत माग गरे। ‘आज नेपाल सरकार कुनै पनि तहको निकायबाट पुग्न गाह्रो भएको स्थिति छ,’ लामाले भने, ‘म प्रदेश र संघ सरकारलाई पनि ध्यानाकर्षण गराउन चाहान्छु।’
उनले थपे,‘तुरुन्तै आपतकालीन बैठक रोखर त्यहाँको भूगोल विज्ञ र अरु लिएर त्यहाँको निरीक्षण भ्रमण गर्नुपर्यो र त्यहाँका जनतालाई गाँस, बास र कपासको लागि व्यवस्था मिलाउनुपर्यो। र, त्यहाँ क्षति भएको संरचना बनाउन विशेष प्याकेज बनाउन पनि आग्रह गर्न चाहान्छु।’
लामाले हिमाल जोगाउने अभियान हुम्लाबाट सुरु गर्न समेत माग गरे।
Shares

प्रतिक्रिया