कारोबार


विश्व पौडेलविरुद्धको निवेदन मल्लको इजलासमा

विश्व पौडेलविरुद्धको निवेदन मल्लको इजलासमा

नेपालखबर
जेठ ६, २०८२ मंगलबार ११:४०, काठमाडौँ

अर्थविद् विश्व पौडेलविरुद्धको रिट दरपीठविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्लको इजलासमा हुने भएको छ। 

अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर सिफारिस समिति छाडेका पौडेललाई गभर्नर बनाउन लागेको भन्दै रिट दिएका थिए। तर सो रिट सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले बेरीतको भन्दै दरपीठको आदेश गरेका थिए। 

सोविरुद्ध गत शुक्रबार रिट निवेदकले अर्को निवेदन दिएका थिए। आइतबार दर्ता भएको सो निवेदनको पेसी आजका लागि तोकिएको थियो। यसको सुनुवाइ न्यायाधीश मल्लको इजलासमा हुने भएको हो। 

सुनुवाइपछि पौडेलविरुद्धको रिट दर्ता हुने नहुने टुंगो लाग्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad