राजनीति


राप्रपाले भन्यो: यो सरकार निरंकुश र मण्डलेकरण भयो

राप्रपाले भन्यो: यो सरकार निरंकुश र मण्डलेकरण भयो

नेपालखबर
जेठ ४, २०८२ आइतबार १३:५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहप्रशासन निरंकुश र मण्डलेकरण भइरहेको आरोप लगाएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद कार्कीले सरकार निरंकुश भएको आरोप लगाएकी हुन्।   

'यो सरकार निरंकुश भइरहेको छ । यो सरकार मण्डलेकरण गरिराखेको छ । गृहप्रशासनले आफूलाई मण्डलेकरण गरिराखेको छ,' उनले भनिन्, 'संसद्‌भित्र आएपछि मैले के पाएँ भने सभामुख महोदय, यो त ढाँट्ने थलो रहेछ, आत्मसम्मान धितो राख्ने ठाउँ रहेछ। योजस्तो नीरस ठाउँ त केही रहेनछ। बोलिँदो रहेछ, बोलेको कुरा सुनिँदो रहेनछ।'

उनले संविधानको धारा २७० निलम्बन भएको हो भनी प्रश्न गरिन्। सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गरिनु आपत्तिजनक रहेको उनको भनाइ छ। उनले सदनको कुर्सीमा सांसद निदाएको, मन्त्रीहरू भिडियो गेम खेलिरहेको देख्दा सभामुखलाई कस्तो लाग्छ होला भनी जिज्ञासा राखिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad