राजनीति


विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः एनपी साउद

विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउनुपर्छः एनपी साउद

नेपालखबर
जेठ ४, २०८२ आइतबार १२:३७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।  

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको भन्दै शहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ? भन्दै प्रश्न गरे।

‘हरेक वर्ष बजेट आउने गरेको छ। यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका छौँ। बजेटको सिद्धान्त र प्राथमिकता सरकारले नै निर्धारण गरेको होला। नीति तथा कार्यक्रममा छलफल भएको छ। नेपालमा असन्तुलित विकास र प्रभावशालीहरुले बजेटमा हाली मुहाली गर्ने कुरामा लामो समयदेखि विवाद हुँदै आएको छ,' उनले भने, 'सहर र गाउँ, सुगम र दुर्गम, भूगोल र जनसंख्या तथा सशक्त आवाज भएका अभिजात्य वर्ग र आवाजबिहनीहरुको हितको अन्तरबिरोधलाई अनुभवी अर्थमन्त्रीले संयोजन र सम्बोधन कसरी गर्नुहुन्छ? भोलिको परिदृश्यले देखाउनेछ। विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएका छन्। विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माणका लागि सरकारलाई सुझाव दिन चाहन्छु।’

सांसद साउदले विकासको सूचकाङ्कले गाउँ बस्ती पछाडि पारेको, दुर्गम बस्ती उजाड हुँदै गएको र देशका पछाडि परेका सुदूरपश्चिम र कर्णाली र मधेस प्रदेश विकासमा उपेक्षित हुँदै गएको कुरा विगतका बजेटहरुले देखाएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad