राजनीति


भीम रावललाई प्रचण्डको प्रस्ताव– भौतारिएर नहिँड्नुहोस्, सहकार्य गरौँ

भीम रावललाई  प्रचण्डको प्रस्ताव– भौतारिएर नहिँड्नुहोस्, सहकार्य गरौँ

नेपालखबर
जेठ ३, २०८२ शनिबार १९:५२, काठमाडौँ

नेकपा एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रसँग सहकार्य गर्न आग्रह गरेका छन्।

मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा शनिबार आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादीसँग सहकार्य गर्न रावललाई आग्रह गरे।

‘भीम रावलसंग हिजो मात्र फोनमा कुरा भएको थियो, उहाँले कार्यक्रम सफलताको शुभकामना दिनुभयो,’ प्रचण्डले भने, ‘मैले तपाई किन अरु ठाउँ भौतारिरहनु भएको छ। आउनुस्, हामी बसेर कुरा गरौं, सहकार्य गरौं भनेँ। 

उनले थपे, ‘जोसँग कुरा गर्नुपर्ने त्योसँग नगरेर को कोसँग कुरा गरे समय खेर फाल्दै हुनुहुन्छ भनेको छु।’

प्रचण्डले माओवादी बलियो भयो भने समग्र राष्ट्र नै बलियो हुने भन्दै २०८४ मा माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउन अपिल समेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad