ग्लोबल


इजरायलले गाजामा सुरु गर्‍यो नयाँ 'अपरेसन'

इजरायलले गाजामा सुरु गर्‍यो  नयाँ 'अपरेसन'

इजरायली रक्षा बलले हमास विरुद्ध नयाँ अपरेसन सुरु गरेको छ।


नेपालखबर
जेठ ३, २०८२ शनिबार २०:२९, काठमाडौँ

इजरायली सेनाले गाजामा हमासविरुद्ध नयाँ 'अपरेसन' (कारबाही) सुरु गरेको छ।

हमास उन्मूलन र यसको हिरासतमा रहेका बाँकी बन्धकको रिहाइ सुनिश्चित गर्न यो अभियान थालिएको इजरायली सेनाले जनाएको छ।

इजरायली रक्षा बलले आफ्नो हिब्रु एक्स अकाउन्टमा लेखेको छ, 'हामीले 'अपरेसन गिडियन्स चारिएट'का लागि हाम्रा सेनाहरू भेला गरेका छौँ। यस अपरेसनको उद्देश्य गाजा पट्टीमा अवस्थित मुख्य रणनीतिक क्षेत्रहरूको नियन्त्रण गर्नु हो।'

इजरायल रक्षा बलले आफ्नो अंग्रेजी एक्स अकाउन्टमा यस अपरेसनको नाम प्रयोग गरेको छैन।

पोस्टमा भनिएको छ, 'यो अपरेसन हमासलाई नष्ट नगरेसम्म र इजरायली बन्धकहरूलाई रिहा नगरेसम्म जारी रहनेछ।'

इजरायली रक्षा बलले पछिल्लो २४ घण्टामा गाजा पट्टीका १५० भन्दा बढी स्थानहलाई निशाना बनाएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad