राजनीति


संविधानले अधिकार दिएपनि विरोधी विचारलाई सरकारले निषेध गर्‍योः लिङदेन

संविधानले अधिकार दिएपनि विरोधी विचारलाई सरकारले निषेध गर्‍योः लिङदेन

नेपालखबर
जेठ २, २०८२ शुक्रबार १४:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले संविधानले दिएको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सरकारले आस्थाका आधारमा पचासौँ मानिसहरूलाई थुनामा राखेर संविधानको मौलिक हक र निर्देशक सिद्धान्तको उल्लंघन गरेको आरोप लगाए। 

उनले विचार अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता संविधानले दिएपनि व्यवहारिक रुपमा सरकार विरोधी विचारलाई निषेध नै गर्ने योजना बनाएर अघि बढिरहेको दाबी गरे। 

अर्थमन्त्रीले विधेयकको सिद्धान्त र प्राथमिकता उच्च प्राथमिकताका साथ राखेको मौलिक हक र निर्देशक सिद्धान्तको सरकारले कार्यान्वयन गर्ने अपेक्षा लिएको स्पष्ट पारे।

उनले भने,  ‘संविधानको धारा १७ ले मौलिक हक अन्तर्गत स्वतन्त्रताको हक व्यवस्था गरेको छ। त्यसमा विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता छ। राजनीतिक दल खोल्ने स्वतन्त्रता छ। तर ठिक यति नै बेला सरकारले आस्थाको आधारमा पचासौं मानिसहरुलाई थुनामा राखेको छ। र एकपछि अर्को मुद्दा लगाइरहेको छ। एकपछि अर्को मानिसहरु पक्राउ गर्ने काम गरेको छ। सरकारले विरोधी विचारलाई निषेध नै गर्ने योजना बनाएर काम गरिरहेको छ।’

उनले जहाँ राजश्वले चालु खर्च धान्दैन त्यसलाई मजबुत बनाउन नियमित नभई विशेष योजना र कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

अध्यक्ष लिङ्गदेनले उद्योगी व्यवसायीलाई साँच्चिकै व्यावसायिक बनाउन ऐन कानूनमा सुधार गरेरमात्र नभई व्यवहारमा पनि सुधार गर्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad