राजनीति


‘१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद हस्तान्तरण गर्छु’

‘१४ महिनापछि शेरबहादुरजीलाई किस्तीमा राखेर प्रधानमन्त्री पद हस्तान्तरण गर्छु’

नेपालखबर
जेठ १, २०८२ बिहिबार १४:९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि १४ महिनापछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने अभिव्यक्ति दोहोर्‍याएका छन्।  

बिहीबार काठमाडौँमा पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै ओलीले देश विकासको योजना बनाउने काममा कतिपयले मौका नपाएको र कतिले बारम्बार मौका पाएको बताए। 

उनले कतिपयले बारम्बार योजना बनाउन मौका पाएझैँ कांग्रेस सभापति देउवालाई पनि अबको १४ महिनापछि आफूले लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर धुमधामसँग हस्तान्तरण गर्ने बताए। 

‘१४ महिनापछि एउटा थप मानार्थ फेला पर्छ। १४ महिनापछि त म पनि त्यही हो मानार्थ। तपाईंहरुकै सदस्य। अहिले यो सबै संयोग हो। कतिपय योग्य मान्छेहरु यसमा आउनै नपाएर बाहिरै बसेका छन्,' उनले भने, 'मौका पाएका छैनन्। सबैले एकै ठाउँमा मौका पाउँदैनन्। कसैले पटक पटक पाउँछन्। अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ क्या त्यो। के गर्नु? अब फेरि जुर्नेवाला छ। मैले १४ महिनापछि शेरबहादुरजीलाई लौ प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु।’

प्रधानमन्त्री ओलीले आफू पनि १४ महिनापछि योजना आयोगको पूर्वअध्यक्ष हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad