राजनीति


स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न राजपाको माग

स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार छानबिन गर्न राजपाको माग

नेपालखबर
चैत २१, २०७६ शुक्रबार ११:२१,

राष्ट्रिय जनता पार्टीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचारले जनमानसकमा अत्यन्त खराब सन्देश गएको भन्दै घटनाको छानबिन गर्न माग गरेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले विज्ञप्ति निकालेर दोषीहरु उपर कारबाहीको माग गरेका छन्।

‘यस्तो महामारीको वेलामा पनि सरकारद्वारा अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अहिलेसम्म पनि पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नु दुःखद र गैरजिम्मेवारीको पराकाष्ठा हो त्यसमा पनि अझ खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचारको खबरले जनमानसमा अत्यन्तै खराब सन्देश गरेकोले तत्काल सत्यतथ्य छानबिन गरि दोषीहरु माथि कडा भन्दा कडा कार्वाहीको माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, नेपाल र भारतको सिमानाकामा नेपाली नागरिक अलपत्र अवस्थामा रहेकोले तत्काल ती नागरिकहरुलाई स्वदेश ल्याउन वातावरण बनाउन र स्वास्थ्य चेकजाँच गरि शंकास्पद व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्न पनि राजपाले आग्रह गरेका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad