राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनाम गेल्जेन शेर्पाले प्रतिफल आउने ठाउँमा मात्रै हवाई पूर्वाधार बनाउन आग्रह गरेका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले माग आएको ठाउँमा हवाई पूर्वाधार बनाउने नभई आवश्यकता भएको र प्रतिफल आउने ठाउँमा मात्रै निर्माण गर्नुपर्ने बताएका हुन्।
‘यो हवाई धावन मार्गहरू जहाँ पायो त्यहीँ बनाउने, जहाँ माग छ त्यहीँ बनाउने होइन,' उनले भने, 'जहाँ प्रतिफल आउँछ त्यहाँ बनाउनुपर्छ। शाहसिक खेलहरू, पर्यापर्यटन, पूर्वाधार विकासलाई तिब्रता दिनुपर्छ।'
सांसद शेर्पाले विद्युत उत्पादनलाई हाइड्रोपावरमा मात्रै नभई वैकल्पिक विद्युत्मा पनि जानुपर्ने बताए।
24
Shares

प्रतिक्रिया