नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को जोखिममा रहेका सिन्धुपाल्चोकलगाय जिल्लामा उच्च सतर्कताका साथ पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका छन्। आज प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले सतर्क रहन आग्रह गरेका हुन्।
'प्रिमनसुन सुरु भएको छ। राजमार्गमा त्रास छ। नागरिकको सडकमै बास भएको छ,' उनले भने।
उनले सरकारका निकायबीच आपसमा समन्वय नहुँदा विपद् उद्धार र व्यवस्थापनमा ढिलाइ भएको बताए।
'चीनसँगको प्रमुख व्यापारिक नाका चीनसँग जोड्ने खोप्लाङमा सडक भासिएका कारण त्यहाँको सडक पूर्णरूपमा बन्द भएको छ। तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सामग्री तातोपानी क्षेत्रमा अलपत्र छन्,' उनले भने।
33
Shares

प्रतिक्रिया