नेकपा एमालेका सांसद गोकर्ण विष्टले विनियोजन विधेयक २०८२ ले मुलुकको अर्थतन्त्र र अगामी बजेटलाई दिशाबोध गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
‘युवाहरूको तीव्र विकासको चाहना छ, यसलाई बजेटले सम्बोधन गर्नुपर्छ। यस्तो परिप्रेक्ष्यमा आएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सही छन्’, उनले भने, ‘यसले मुलुकको अर्थतन्त्रलाई कसरी लैजाने र आउँदो बजेट कस्तो हुन्छ भन्ने दिशाबोध गरेको छ। त्यसकारण यसैमा आधारित भएर आउँदो बजेट यथार्थ र जनताको आशा जगाउनेछ।’
सांसद विष्टले सदनमा आउने उपयुक्त सुझाव पनि बजेटमा समेटिनुपर्नेमा जोड दिए। उनले भने, ‘अर्थमन्त्रीले विधेयकको प्रस्तुत गर्दा भन्नुभएको छ, सदनमा सदस्यहरूले प्रस्तुत गर्ने सुझावलाई आधार मानेर बजेट ल्याउँछु। स्वाभाविक रूपमा सदनमा सदस्यले राख्ने सुझावलाई मन्त्रीले बजेटमा समावेश गर्नुहुन्छ र आउने बजेटलाई समृद्ध बनाउनुहुन्छ भन्ने अपेक्षा छ।’
Shares

प्रतिक्रिया