राजनीति


जानकारी नदिई बिजुलीको लाइन काट्न थालियो: सांसद शर्मा

जानकारी नदिई बिजुलीको लाइन काट्न थालियो: सांसद शर्मा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद नारायणी शर्माले जनतालाई सूचना नदिई विद्युत प्राधिकरणले पटक-पटक लाइन काट्नु आपत्तिजनक भएको बताएकी छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा बिना सूचना लाइन काट्दा जनतामाथि आहत भएको बताएकी हुन्।  

‘यस्तो प्रचण्ड गर्मीमा विद्युत प्राधिकरणले पटक पटक विना सूचना लाइन काटेको छ। यसरी घण्टौं लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ,' उनले भने, 'मध्यरातमा जनता सडकमा आउन बाध्य छन्। प्राधिकरणले जवाफ दिन सक्दैन। यही साधन स्रोतले यो भन्दा अगाडि नियमित लाइन दिनसक्ने प्राधिकरण अहिले किन लाइन काट्छ? जनतालाई सूचना दिँदैन । के यही प्रयोजनका लागि कुलमानलाई हटाउने परिस्थिति जन्मिएको हो? त्यसैले सम्माननीय सभामुख मार्फत सोध्न चाहन्छु जनताको जीवनमाथि खेलबाड किन? लाइन नियमितताका लागि रुलिङका लागि सभामुखसँग माग गर्दछु।’

सांसद शर्माले विद्युत लाइन नियमितताका लागि रुलिङ गर्न सभामुखसँग माग गरिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad