राजनीति


जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिइन् राजीनामा

‘जनताले तिरेको करबाट पारिश्रमिक लिनु उपयुक्त देखिन’
जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिइन् राजीनामा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:७, काठमाडौँ

जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले राजीनामा दिएकी छन्। गुरुङ जनमतबाट निर्वाचित समानुपातिक सांसद हुन्।

उनले आज सभामुख तुलाराम घर्ति मगरलाई पत्र पठाउँदै पदबाट राजीनामा दिएकी हुन्। 

पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्। 

‘देशको हालको परिस्थितिबारे  श्रीमानलाई अवगत नै होला,’ सभामुखलाई सम्बोधन गर्दै गुरुङले लेखेका पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ। राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो। जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन। तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad