राजनीति


टरिगाउँ विमानस्थल बनाउन ओली, देउवा र प्रचण्डले आश्वासन मात्रै दिएको भन्दै सांसद गिरीको आक्रोश

टरिगाउँ विमानस्थल बनाउन ओली, देउवा र प्रचण्डले आश्वासन मात्रै दिएको भन्दै सांसद गिरीको आक्रोश

फाइल तस्बिर


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १२:३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको विमानस्थल विस्तारका लागि नेताहरुले आश्वासन मात्रै दिएको भन्दै आक्रोश पोखेका छन्।

मंगलबार प्रतिधिसभाको बैठकमा बोल्दै उनले देशकै पुरानो विमानस्थल भए पनि अहिले थकित मुद्रामा रहेको उल्लेख गरे। ‘टरिगाउँ एयरपोर्ट जसको इतिहास लामो छ,२०११ सालमा सुरु भएको एरपोर्टले जनतालाई धेरै सहयोग गर्‍यो,’ गिरीले भने, ‘सबैलाई सेवा गरेको एयरपोर्ट आज थकित मुद्रामा छ।’

हरेक बजेट भाषणमा विमानस्थल बनाउने कुरा आए पनि बजेट भने नआउने गरेको उनको आरोप छ। ‘प्रकाशरण महत अर्थमन्त्री हुँदा, वर्षमान अर्थमन्त्री हुँदा र अहिले विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ,’ सांसद गिरीले भने, ‘सधै दाङको टरिगाउँ एरपोर्ट यो सरकारले बनाउँछ, बन्नेछ भनेर बजेट भाषणमा प्रस्तुत हुन्छ। तर, टरिगाउँ एरपोर्ट सधै त्यस्तै थकित छ।’

विमानस्थलको धानमार्ग अहिले ७५० मिटर मात्रै रहेको र त्यसलाई विस्तार गर्न ३ अर्ब ४२ करोड चाहिने भन्दै त्यो यसपालीको बजेटमा बिनियोजन गर्न समेत उनले माग गरे। ‘७५० मिटर लामो धावन मार्ग छ, जसलाई १५०० चहिएको छ,’ गिरीले भने, ‘मैले यो सदनलाई देखाउन यो डीपीआर पनि बोकेर आएको छ। त्यसका लागि ३ अर्ब ४२ करोड चाहिन्छ। त्यो बिनियोजन हुनुपर्‍यो।’

प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहालले दाङ पुगेर विमानस्थल बनाउने भाषण गरे पनि यस्तो नभएको भन्दै उनले आलोचना गरे। ‘उहाँहरु गएर जनतालाई सम्बोधन गर्नुुहुन्छ– तपाईंको एरपोर्ट बन्छ। यसै साल बन्छ भनेर सम्बोधन गर्नुहुन्छ,’ गिरीले भने, ‘अनि यहाँ आयो फुस्सा। अनि गाली खाने यही प्रतिनिधि। यही जनताको प्रतिनिधि।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad