राजनीति


शिवसेनाका अध्यक्ष बस्नेतलाई तत्काल रिहा गर्न कमल थापाको माग

शिवसेनाका अध्यक्ष बस्नेतलाई तत्काल रिहा गर्न कमल थापाको माग

फाइल तस्बिर: शिवसेनाका अध्यक्ष अनिल बस्नेत


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १०:४३, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई रिहा गर्न माग गरेका छन्।

राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष बस्नेतलाई प्रहरीले आइतबार काठमाडौँको सुकेधाराबाट  पक्राउ गरेको हो। 

बस्नेतलाई चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोप छ।

त्यसको भोलिपल्ट सोमबार राप्रपा नेपालका अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत उनीसहित ‘आस्थाका सबै बन्दी’लाई तत्काल रिहा गर्न माग गरेका हुन्। 

‘सरकार झन्‌झन् निरंकुश र असहिष्णु बन्दै छ। फरक विचार बोकेकै कारण रवीन्द्र मिश्र, दुर्गा प्रसाईं, पशुपति खड्का, मनीन्द्रराज भण्डारी, सन्तोष सिलवाल, कमल विष्ट लगायतलाई सरकारले बिनाकारण डेढ महिनादेखि थुनामा राखेको छ’, थापाले लेखेका छन्, ‘यसैबीच शिवसेनाका अध्यक्ष अनिल बस्नेतलाई पनि पक्राउ गरेको छ। आस्थाका सबै बन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad