नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।
उनले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय डंगोलले निर्वाह गरेको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको बताए। सभापति देउवाले स्वर्गी नेता डंगोलको बारेमा पुस्तक प्रकाशन गरेर आउँदो पुस्तालाई समेत उहाँको योगदानबारे जानकारी दिनुपर्ने बताए।
पार्टीको काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको श्रद्धाञ्जली सभामा सभापति देउवासँगै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेता कृष्ण प्रसाद सिटौला लगायत उपस्थित थिए। नेता डंगोलको ७७ वर्षको उमेरमा गत वैशाख १३ गते निधन भएको थियो।
Shares

प्रतिक्रिया