राजनीति


भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे

भ्रष्टाचार देशको साझा रोग हो, आरोप–प्रत्यारोप गरेर मात्र समाधान हुँदैन : ठाकुर गैरे

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १५:११, काठमाडौँ

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।


बिहीबार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप-प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे। 

भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ। उनले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताए। उनले शिक्षा, निजामती, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताए।

‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामती विधेयक, प्रहरीसँग सम्ब्न्धित विधेयक लगायतका विधेयकहरु यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिवद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो,’ गैरेले भने, ‘आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्‍यो। सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो। यसको अन्त्य गर्नको लागि हामी सबैको सामूहिक प्रतिवद्धताको खाँचो छ।’

सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उनको भनाइ छ। गैरेले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरुको सफल कार्यन्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad