राजकुमार राव र वामिका गब्बी अभिनित फिल्म ‘भूल चुक माफ’ को रिलिज स्थगित गरिएको छ।
यो फिल्म मे ९ मा हलमा रिलिज हुने भनिएको थियो। तर, भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै अब यसलाई ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरिएको छ।
म्याडक फिल्म्स र अमेजन एमजीएम स्टुडियोले यो फिल्मलाई थिएटरहरूमा रिलिज गर्नुको सट्टा सिधै ओटीटीमा ल्याउने निर्णय गरेको छ।
उनका अनुसार राष्ट्रिय हित सर्वोपरि भएकोले राष्ट्रको भावनाको सम्मान गर्दै यो निर्णय गरिएको हो। अब यो फिल्म मे १६ मा प्राइम भिडियोमा स्ट्रिम हुनेछ।
यससँगै फिल्म ‘केसरी वीर’ को रिलिज मिति पनि परिवर्तन गरिएको छ। पहिले यो फिल्म १६ मे मा रिलिज हुने भनिएको थियो तर अब निर्माताहरूले यसको रिलिज स्थगित गरेका छन्।
यो फिल्म अब मे २३ मा सिनेमाघरमा रिलिज हुने बताइएको छ। यद्यपि, निर्माताहरूले फिल्म स्थगित गर्नुको कारण भने बताएका छैनन्।
पहलगाम हमलापछि भारत र पाकिस्तान दुबैले पाकिस्तानी फवाद खानको फिल्म ‘अबीर गुलाल’को पनि प्रदर्शनमा रोक लगाएका छन्।
Shares

प्रतिक्रिया