भारत र पाकिस्तानबीच पछिल्लो सयम देखिएको तनावबारे नेपाल सरकारको धारणा माग भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा यसबारे सरकारको धारणा माग गरेका हुन्।
‘पछिल्लो समय भारत र पाकिस्तानबीच उत्पन्न विवादबारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो माग गर्दुछ,’ दाहालले भने।
हालै कश्मीरको पहलगाममा आतंकवादीहरुले नेपालीसहित २६ जना पर्यटकको हत्या गरेपछि दुई देशबीच तनाव बढेको छ। यसलाई लिएर भारतले पाकिस्तानका विभिन्न ६ स्थानमा हमला गरेको थियो।
90
Shares

प्रतिक्रिया