राजनीति


नीति तथा कार्यक्रममा नीति के हो, कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन : श्रेष्ठ

नीति तथा कार्यक्रममा नीति के हो, कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन : श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १५:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम कुनैपनि समस्याको समाधान दिन सक्नेगरी नआएको बताएका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले नीति के हो, कार्यक्रम के हो भन्ने छुट्याउन नसकिएको टिप्पणी गरे।

‘यसमा नीति के हो, कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन। यथास्थितिको निरन्तरतामात्रै हो, यसले नविनता सापेक्षताको अभाव छ।’

श्रेष्ठले थपे, ‘आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो। दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो। स्पष्ट खाका केही देखिएन।’

उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत उल्लेख गरे।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad