राजनीति


सरकारको नीति तथा कार्यक्रममाथि संसद्‍मा आज पनि छलफल

सरकारको नीति तथा कार्यक्रममाथि संसद्‍मा आज पनि छलफल

फाइल तस्बिर


नेपालखबर
बैशाख २४, २०८२ बुधबार १०:१८, काठमाडौँ

प्रतिनिधिसभाको आजको बैठकमा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि छलफल जारी छ।

सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने छ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र संघीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि नै बस्दैछन्।

राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ। राष्ट्रियसभाको बैठक भने यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad