राजनीति


उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेट

उपराष्ट्रपति यादवसँग इजरायलका राजदूत बासको शिष्टाचार भेट

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १९:१९, काठमाडौँ

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शिष्टाचार भेटवार्ता गरेका छन्।

उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत विभिन्न विषयमा महत्वपूर्ण संवाद भएको उपराष्ट्रपतिको कार्यालयले जनाइएको छ। 

उपराष्ट्रपति यादवले सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र इजरायलबीच मित्रता, सद्भाव, समझदारी तथा सहयोगपूर्ण सम्बन्ध कायम रहिआएको बताए। 

उनले दुई मुलुकबीच विभिन्न सम्झौताहरू भएका र केही प्रक्रियामा रहेका जानकारीमा आएको उल्लेख गर्दैै त्यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। ‘नेपाल र इजरायलबीच आर्थिक, व्यापारिक, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य गर्ने प्रमुख सम्भावना छ’, उपराष्ट्रपति यादवले भने, ‘यी क्षेत्रहरूमा अवसरको खोजी गरी दुवै मुलुकले लाभ लिन सक्छन्।’

उनले इजरायलमा उल्लेख्य सङ्ख्यामा महिला कामदारसहित चार हजार ५०० नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेकाले उनीहरूको तलब, बिमा, बिदालगायत सुविधा सुनिश्चित गराउने सन्दर्भमा इजरायल सरकारको सकारात्मक पहल अपेक्षित रहेको बताए। उपराष्ट्रपति यादवले नेपाल र इजरायलले संयुक्त राष्ट्र सङ्घलगायत अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा आपसी सहयोग र सहकार्य गर्दै आएकामा यसको निरन्तरतामा आफू विश्वस्त रहेको बताए। 

नेपालका लागि इजरायलका राजदूत बासले दुई मुलुकबीच सहयोग र सहकार्य निरन्तर जारी रहने उल्लेख गर्दै इजरायलमा रहेका नेपाली कामदाहरूसँग भएको सम्झौताबमोजिम सुविधा पाए÷नपाएकाबारे विभिन्न सङ्घ÷संस्थाहरूले अनुगमन गर्ने गरेको बताए।

‘दुई मुलुकबीच केही सम्झौताहरू भइसकेका र केही प्रक्रियामा रहेकाले ती सम्झौताले पनि पूर्णतथा पाउने विश्वास गर्दछु’, उनले भने, ‘इजरायलबाट विभिन्न किसिमका प्रशिक्षण लिएर आएकाहरू नेपालमा सफल भइरहेको जानकारी पाउँदा खुसी लागेको छ।’ रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad