राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभइ छलकपटबाट फालिएको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले कसैको राजनीतिक आस्थामाथि प्रहार गर्नु राम्रो नहुने बताए।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिँदै रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने टिप्पणी गरे।
अहिलेका राजनीतिक दलहरूको जन्म विदेशमा भएको बताउँदै यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिबाट मिल्ने दाबी गरे।
प्रमुख सचेतक शाहीले भने, ‘रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन। तपाईंहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्नेकुरा त स्पष्ट थाहा छ नि। हरेकको जन्म त विदेशमै भएको हो नि त। चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस्, यो मैले भनेको होइन। पूर्वराजदूतहरुले बोलेका स्टेटमेण्ट हेर्नुस् न। स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसदमा बोलेको तपाईंहरुले राजा कसरी फाल्नुभयो, विदेशीको आडमा स्पष्ट भन्नुभएको छ।’
प्रमुख सचेतक शाहीले अहिलेको संविधान र व्यवस्था विदेशीहरूले ल्याइदिएको दाबी गरे।
Shares

प्रतिक्रिया