राजनीति


एक पटकको नेपाली सधैको नेपाली बनाइनुपर्छ : शाही

एक पटकको नेपाली सधैको नेपाली बनाइनुपर्छ : शाही

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १४:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एक पटकको नेपाली सधैको नेपाली हुनुपर्ने धारणा राखेका छन्।

मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफ्नै पुर्खाहरुविरुद्ध लड्नेलाई नेपाली बनाइएको पनि दाबी गरे।

‘एक–पटकको नेपाली सधैको नेपाली हो,’ शाहीले भने, ‘तर, आज जसका पुर्खाले यो देश बनाए, अग्रेजसँग लडेर होस्, तिब्बत सँग लडेर होस् वा मुगलसँग लडेर होस्।’

उनले थपे, ‘आज तिनका सन्तानलाई विदेशी बनाइएको छ। जसका पुर्खा हिजो नेपालीविरुद्ध लडे, आज तिनका सन्तानलाई नेपाली बनाइएको छ। बंशजको नागरिकता त्याग गरेर। संसादरको कुन देशमा छ बंशजको नागरिकता रद्द गर्ने भन्ने?’

शाहीले नेपाली भाषी भुटानीहरुको समस्या समाधानमा नेपालको परराष्ट्र मन्त्रालय मौन रहेको भन्दै आलोचना समेत गरे।

‘भुटानीहरु, जो नेपाली भाषी छन्,’ उनले भने, ‘उनीहरुलाई अमेरिकाबाट निकालेर भुटान ल्यायो। भुटानबाट नेपाल ल्याएको छ। नेपालको परराष्ट्र मन्त्रालय मौन छ। आजको उनीहरुको समस्या परराष्ट्र मन्त्रालयले समाधन गर्नुपर्दैन?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad