राजनीति


राजनीतिक वृत्तमा तरंग ल्याउने ओली–प्रचण्डका २ तस्बिर

राजनीतिक वृत्तमा तरंग ल्याउने ओली–प्रचण्डका २ तस्बिर

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार ११:८, काठमाडौँ

नेपाली कांग्रेससँग मिलेर सरकार बनाएयता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनदेखि उनैसँग तस्बिरमा छाइरहेका छन्। 

यही वैशाख २१ गते प्रचण्ड सिंहदरबारमा ओलीसँगै तस्बिरमा देखिएपछि राजनीतिक वृत्तमा तरंग छाएको छ।

त्यस दिन प्रचण्ड टीआरसी (संक्रमणकालीन न्यायसम्बन्धी) का विषयमा छलफल गर्न पार्टीका उपमहासचिव वर्षमान पुनलाई लिएर ओलीसँग छलफल गर्न सिंहदरबार पुगेका थिए। वर्षमान कम्युनिस्ट एकताका पक्षमा उभिएका नेता हुन्। 

कांग्रेस-एमाले सम्मिलित सरकार बनेको १० महिनामै कांग्रेसकै एक खेमाले आलोचना गरिरहेको छ। यहीबीच प्रचण्ड र ओली एकसाथ देखिएपछि धेरैले राजनीतिक कोर्स फेरिन लागेको अनुमान गरिरहेका छन्। 

ओली-प्रचण्डको उक्त तस्बिरको चर्चा सेलाउन नपाउँदै पुन: सोमबार प्रतिनिधि सभा बैठकमा फेरि दुई नेता सँगै देखिएपछि सम्बन्ध सुध्रिएको अनुमानलाई बल पुर्‍याएको छ।

जसमा टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले ‘मन परेको एउटा तस्बिर’ भनेका छन्। उनले थप लेखेका छन्, सत्तापक्ष-प्रतिपक्ष लोकतन्त्रको सामान्य र अस्थायी विषय हो। हामी सबै लोकतन्त्रको एउटै डुंगामा छौँ।’

यसैबीच मंगलबार बिहानै फेरि माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग एमालेकै उपाध्यक्ष रहेका अर्थमन्त्री विष्णु पौडेलले खुमलटारमा भेटवार्ता गरेको तस्बिर पनि सार्वजनिक भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad