नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले सरकार जनताको लागि बनेको नभई विचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको व्यवहारतः पुष्टि भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले प्रचण्ड नेतृत्वको सरकारको पालामा सुत्न नपाएका बिचौलिया र भ्रष्टाचारीहरु अहिले खुशीको साथ निदाइरहेको टिप्पणी गरे। सांसद शाहीले सरकार जनताको हित हुने नभई विचौलियाको हित हुने नीति निर्माण लागेको समेत दाबी गरे।
‘हामीले भनेका थियौँ, यो सरकार जनताको लागि बनेको सरकार होइन,’ शाहीले भने, ‘यो सरकार गलत नियतका साथ बनेको सरकार चाहीँ हो। सरकार बिचौलिया, भ्रष्टाचारी र तस्कारहरुका लागि बनेको सरकार चाहीँ हो। सरकारले उनीहरुकै हित गर्छ। आज यो कुरा व्यवहारतः पुष्टि भएको छ। हिजो कमरेड प्रचण्ड नेतृत्वको सरकारको पालमा निदाउन नपाएका दलाल र भ्रष्टाचारीहरु आज खुसिका साथ निदाइरहेका छन्।’
सरकार सञ्चालकहरु नै देशलाई संकटको भूमरीतिर लैजाने कुचेष्टा गरिरहेको समेत सांसद शाहीको आरोप छ।
Shares

प्रतिक्रिया